प्रधानमन्त्रीको भारत भ्रमणअघि राष्ट्रपतिले गरे नागरिकता विद्येयक प्रमाणीकरण

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विद्येयक प्रमाणीकरण गरेका छन् ।

बुधबार राष्ट्रपति पौडेलले नागरिकता सम्बन्धी विद्येयक प्रमाणीकरण गरेका हुन् ।

यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दुई पटक फिर्ता गरेकी थिइन् । तत्कालिन राष्ट्रपति भण्डारीले दोस्रो पटक प्रमाणीकरणका लागि पुगेको उक्त विद्येयकलाई थन्क्याएर राखेकी थिइन् ।

सरकारको सिफारिसमा गएको विद्येयक १५ दिनभित्र त्यसको प्रतिउत्तर राष्ट्रपतिले पठाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । तर पूर्वराष्ट्रपतिले थन्क्याएर राखेको विद्येयक वर्तमान राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

गत जेठ १२ गते सरकारले प्रमाणीकरणका लागि उक्त विद्येयक राष्ट्रपति कार्यालय पठाएको थियो । कानुनविदहरुसँग छलफल गरी राष्ट्रपति आज उक्त विद्येयक प्रमाणीकरण गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत प्रस्थान गर्दैछन् । प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्याा राष्ट्रपतिले नागरिकता विद्येयक प्रमाणीकरण गर्नुलाई चासोका साथ हेरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?