चिकित्सा शिक्षा विधेयक पारित गर्न पहल गर्छौं: सभामुख महरा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले भोलि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न पहल गर्ने बताए । 

भोलि (शुक्रवार) १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा विधेयक शान्तिपूर्ण तरिकाले पारित गर्न कोशिस गर्ने बताएका हुन् । 

बिहीवार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल केन्द्र सरकारको मातहातमा नराखेको विरोधमा संसद अवरुद्ध गर्दै आएको छ । 

यसैबीच सभामुखले शुक्रवार बस्ने बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने बताएका हुन् । 

उता महराले भने अस्पतालको विषय र चिकित्सा शिक्षा विधेयकको विषय फरक–फरक भएकाले  कांग्रेसले संसद अवरुद्ध गर्न आवश्यक नभएको बताए ।

मंगलवारको संसद बैठकमा कांग्रेस सांसदहरुले शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न रोष्टम जानबाटै रोका थिए । 

मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले पटक–पटक अवरोध गरेपछि अर्को बैठक भोलि (शुक्रवार) १ बजेको लागि बोलाइएको थियो । 

दोस्रो पटक १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित भएको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?