काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेपाल विद्यार्थी संघका असन्तुष्ट समूहले चर्को नाराबाजी गरेका छन् ।
तोकिएको समयभन्दा दुई घण्टा ढिला पार्टी कार्यालय सानेपा पुगेकेका कांग्रेस सभापति शेरबहादुर देउवालाई नेविसंघका कार्यकर्ताले चर्को नाराबाजी सहित घेराबन्दी गरेका थिए ।
म्याद थपेको विरोधमा नेविसंघको असन्तुष्ट समुहले पार्टी कार्यालयमा प्रदर्शन गर्ने खबर देउवाले थाहा पाएका कारण देउवा बिहीवार ११ बजे तोकिएको बैठकमा २ घण्टा ढिला गरी कार्यालय पुगेका थिए ।
उत्ता नेविसंघका कार्यकर्ता भने ११ बजेदेखि नै नारावाजी गरि बसेका थिए ।
बैठकमा सहभागी हुन देउवा १ बजे पार्टी कार्यालय पुगेका मात्र के थिए असन्तुष्ट नेविसंघ कार्यकर्ताले चर्को नारावाजी शुरु गरे र देउवालाई घेराबन्दी गरे । उत्ता देउवा भने दुई हात जोडेर कार्यालय छिरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया