विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक विमोचन

लोकपथ
28
Shares

काठमाडौं । स्व. उद्योगपति, समाजसेवी तथा केडिया अर्गनाइजेशनका निर्देशकविश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक “अथक शान्त साधकःविश्वनाथ केडिया” नामक ग्रन्थको उद्घाटन गरिएको छ ।

उपराष्ट्रपति रामसहाय यादवले होटल मेरियट नक्सालमा आयोजित एक समारोहबीच विमोचन गरेका हुन् ।

गत जेठ ११ गते ग्रन्थको विमोचन गर्दै उपराष्ट्रपति यादवले स्व. केडियाले देश र समाजको लागि पुर्याएको योगदान उल्लेखनीय रहेको बताए । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा यथेष्ट कार्यहरु गर्नु भएको र भविष्यका पिडीले यसलाई अनुकरण गर्दै जानु पर्नेमा जोड दिए ।

समारोहमा स्व.केडियाका छोरा तथा सुशील केडिया सेवा फाउण्डेशनका
नाति रचित केडियाले हजुरबुवासँग आफूले बिताएका सुनौलो क्षणहरुको स्मरण गरे ।
त्यस अघि ग्रन्थका सम्पादक आर.पी. भट्टराईले स्वागत मन्तव्य दिँदै पुस्तकबारे संक्षिप्त जानकारी दिएका थिए ।

विमोचन समारोहको प्रारम्भमा स्व. केडियाको जीवनमा आधारित ५ मिनेटको श्रव्य दृष्य सामग्री प्रदर्शन पनि गरिएको थियो ।

समारोह स्व.केडियाका दाजु तथा केडिया अर्गनाइजेशनका अध्यक्ष तारा चन्द केडियाको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?