काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको समय तय भएको छ ।
प्रधानमन्त्री प्रचण्ड भोलि (बुधबार) दिउँसो १ बजे नेपाल एयरलाइन्सबाट भारतका लागि उड्न लागेका हुन् ।
भ्रमणका क्रममा पारवहन सम्झौता, भोतिक पूर्वाधार विकास, हवाई लगायतलाई मुख्य एजेण्डा बनाइने बताइएको छ ।
भ्रमणमा ६० जना भन्दा कम सदस्य हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत पुस १० गते प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो भ्रमण हो । पहिलो भ्रमण छिमेकी देशमा गर्न लाग्दैगर्दा चासोका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया