बजेट भाषणपछि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
143
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।

यसअघि आइतबारको तुलनामा नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ हजार ४ सयले वृद्धि भएको छ ।
आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८ हजार १ सय रहेको थियो । आज १ लाख १० हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य १ लाख ९ हजार ९ सय ५० रहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ६० रहेको छ । यसअघि आइतबार चाँदीको मूल्य १ हजार ३ सय ४५ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?