२० मङ्सिर २०८०, बुधबार

लमजुङमा जुँगा नभएका गुरुङ र घर्तीको लडाइँ, कसले मार्ला बाजी ?

२०७४,कार्तिक,८,बुधबार ०१:५६

9
Shares

लमजुङ, ८ कात्तिक- दिलबहादुर घर्ती र देवप्रसाद गुरुङका ओठमाथि जुंगाका रेखी देखिँदैनन् । ‘लामो जुंगा भएकाहरूको जिल्ला’ भनिने लमजुङको एक मात्र निर्वाचन क्षेत्रमा यिनै दुई नेता मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका मुख्य प्रतिस्पर्धी हुन् । फरक सैद्धान्तिक आधार र विचार बोक्ने पार्टीबाट प्रतिस्पर्धामा उभ्याइएका यी नेताका आनीबानी भने मिल्दाजुग्दा छन् । दुवै धेरै नबोल्ने नेताका रूपमा चिनिन्छन्, कान्तिपुरमा खबर छ ।कांग्रेस नेता घर्ती लोकतान्त्रिक गठबन्धन र माओवादी नेता गुरुङ वाम गठबन्धनका साझा उम्मेदवार हुन् । संविधानसभा निर्वाचन २०७० मा यी दुवै नेता प्रत्यक्ष चुनाव लडेनन् । घर्ती समानुपातिकबाट सांसद भए । संविधान निर्माणमा सामेल भए । गुरुङ वैद्य नेतृत्वको नेकपा–माओवादीमा लागेर निर्वाचन बहिष्कार गरे । संविधानसभा निर्वाचन २०६४ मा भने घर्ती लमजुङ क्षेत्र नं २ बाट पराजित भए । गुरुङ मनाङ र कास्की–१ दुई क्षेत्रबाटै सभासद निर्वाचित भए । यसपालि संघीय संरचनाले यी दुई नेतालाई सँगै चुनाव लड्न जुराइदिएको छ । घर्ती र गुरुङ दुवै आदिवासी जनजाति हुन् तर कहिल्यै जनजातिका मुद्दा नबोकेको आरोप दुवैमाथि लाग्दै आएको छ ।लमजुङमा ०४७ यताका हरेक चुनाव जित्दै आएको कांग्रेसले संविधानसभा निर्वाचन ०६४ मा भने साख जोगाउनै सकेन । एमाले र माओवादीले एक/एक क्षेत्रमा कम्युनिस्ट झन्डा फहराए । तत्कालीन क्षेत्र नं. १ माओवादीले जित्यो, २ एमालेले । ०७० मा एमालेले क्षेत्र नं २ गुमायो, कांग्रेसले झन्डा फहरायो । १ मा भने एमालेले जित्यो । अहिले एकै क्षेत्रमा सीमित लमजुङको गुमेको साख फर्काउन कांग्रेसले घर्तीलाई अघि सारेको छ । कम्युनिस्ट झन्डा फहराउन वाम गठबन्धनले गुरुङलाई जिम्मा दिएको छ ।  

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार ०१:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार