काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारले पुनः ब्यूत्याएको संसद विकास कोषप्रति आपत्ति जनाएका छन् ।
सरकारले सोमबार बजेट भाषण गर्दै प्रति सांसद ५ करोड खर्च गर्न पाउनेगरी बजेट छुट्टयाएको थियो ।
सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले सांसद विकास कोष पाएपछि बल्ल सांसदहरु वडाध्यक्षको लेबलमा आएको भन्दै टिप्पणी गरे ।
‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।’ उनले भनेका छन् ।
सरकारले यसअघि विवादित भएपछि सांसद विकास कोषलाई खारेजी गरेको थियो । सरकारले आगामी आर्थिक वर्षबाट पुनः सांसद विकास कोष ब्यूत्याएपछि विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया