काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको माग पूरा गर्न राष्ट्रिय जनमोर्चाले सरकारसँग आग्रह गरेको छ ।
गत साउन १० गते १५औँ अनसनका क्रममा सरकारले डा. केसीसँग गरेको सम्झौता कार्यान्वयन गर्न जनमोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको हो ।
विगतमा सम्झौता कार्यान्वयन गर्न सरकारले आनाकानी गर्दा अहिलेको अप्रियस्थित उत्पन्न भएको भन्दै सरकारको विश्वसनियतामाथि नै शंका उत्पन्न भएको पार्टी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरीत विज्ञप्तिमा लेखिएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘वास्तवमा यो उहाँको व्यक्तिगत समस्या नभएर स्वास्थ्य–चिकित्सासम्बन्धी राष्ट्रिय महत्वको विषय हो । हामी उहाँसँग भएको सम्झौताअनुसार नै शिक्षा, स्वास्थ्यसम्बन्धी विधेयक पारित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।’
गत पुस २५ गते इलामबाट अनसन शुरु गरेका डा. केसीको आज १५ औँ अनसन हो ।
उनको हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
सरकारले आफ्नो माग सम्बोधन नगरेसम्म अनसन जारी राख्ने डा. केसीको अडान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया