काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवादबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
बैठकमा नेविसंघको म्याद थप, सरकारविरुद्धका आन्दोलन, समसामयिक राजनीतिकलगायत अन्य विषयबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।
बैठक विहीवार ११ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने छ ।
केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार बैठकमा मुख्यगरी नेविसंघ विवाद, सदनमा अवरोध र महासमिति बैठकले पारित गरेको विधानलाई डकुमेन्टेशन गर्नेबारे छलफल हुने बताए । विधानअनुसार, भदौ २ गते हुनुपर्ने नेविसंघको १२ औं महाधिवेशन आन्तरिक विवादले पाँचौंपटक सम्म पनि म्याद थप्दा महाधिवेशन हुन सकेको छैन ।
वर्तमान कार्यसमितिको म्याद माघ २ गते सकिएको छ । म्याद सकिएपछि नेविसंघभित्र सांगठिनक अन्यौलता चुलिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया