काठमाडौं । सरकारले आगामी वर्षमा खर्चमा मितव्ययिता अपनाउने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट प्रस्तुत गर्दै नयाँ सवारी खरिद नगर्ने, फर्निचर खरिदन नगर्ने बताएको छ । त्यस्तै अत्यावश्यक बाहेक नयाँ भवन समेत निर्माण नगर्ने उनले जानकारी दिए ।
‘नयाँ सवारी साधन तथा फर्निचर खरिद गरिने छैन । अत्यावश्यक बाहेक नयाँ भवन निर्माण गरिनेछैन । अनिवार्य रुपमा गर्नुपर्नेबाहेक अन्य वैदेशिक यात्रा गरिनेछैन ।’ उनले भने ।
त्यस्तै सरकारी तबरबाट दिइँदै आएको सवारी इन्धनको सट्टा आवश्यक अनुसार पैसा नै दिने बताए ।
त्यस्तै बैठक भत्ताहरु समेत काटिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया