प्रधानमन्त्रीसँगै ५ जना मन्त्री पनि भारत जाने

लोकपथ
231
Shares
sf7df8f}F, !% h]7M /f;;;Fu k|d bfxfn k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú /f;;nfO{ cGt/jftf{ lbg”x’Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतभ्रमणमा नेपाल सरकारका ५ जना मन्त्री पनि सहभागी हुने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भारत भ्रमण औपचारिक रुपमा स्वीकृत गर्दै ५ जना मन्त्री भारत भ्रमणमा जाने टुंगो लगाएको हो ।

प्रधानमन्त्री प्रचण्डसँग भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्ति बस्नेत, परराष्ट्र एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाल सहभागी हुने सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्री यही जेठ १७ देखि २० सम्मका लागि भारत भ्रमणमा जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?