मलेसियासँग नेपाल पराजित

लोकपथ
455
Shares

काठमाडौं । मलेसियासँग नेपाली महिला क्रिकेट टोली पराजित भएको छ । पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा मलेसियाले नेपाललाई पराजित गरेको हो ।

वाइएसडी यूकेएम ओभलमा भएको खेलमा मलेसिया ५ विकेटले विजयी भएको हो । नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३ दशमलब २ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । ।

मलेसियाका लागि वान जुलियाले सर्वाधिक १३ रन बनाईन् । हमिजाहले अविजित १२ रन बनाईन् । इना नजवा ८ रनमा अविजित रहिन् । नेपालका लागि कप्तान रुबिना क्षेत्री र सीता राना मगरले समान २-२ तथा कविता कुँवरले १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ दशमलब ५ ओभरमा ५० रन बनाउँदै अलआउट भएको थियो ।मलेसियासँग नेपालका दोस्रो खेल मे ३० अर्थात मंगलबार रहेको छ । जुन १ मा तेस्रो, जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?