रेशम चौधरी रिहा

लोकपथ
14
Shares

टिकापुर घटनाका दोषी रेशम चौधरी रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै चौधरी सोमबार बिहान रिहा भएका हुन् ।

डिल्लीबजार कारागारबाट रिहा भएसँगै चौधरीले टिकापुर घटनाको निष्पक्ष छानबिनका लागि पुनः प्रक्रिया सुरु गर्नुपर्ने प्रतिक्रिया दिए ।

उनले टिकापुर घटना विशुद्ध राजनीतिक घटना भएको पनि बताए । यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न ढिला गरेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?