१२ आश्विन २०८०, शुक्रवार

थौरै समयमा धेरै नतिजा निकाल्ने गरि जलनको उपचार र रोकथाममा लाग्न मन्त्री बस्नेतको निर्देशन

२०८०,जेष्ठ,१४,आईतवार २१:२७

27
Shares

काठमाडौं  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा जलन उपचार व्यवस्थापनमा संलग्न उपत्यकाका ६ वटा अस्पताल प्रमुख र विज्ञहरुसँग आईतबार मन्त्रालयमा छलफल गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोसन पोखरेल सहित मन्त्रालय अन्तरगत महासाखाका अधिकारी सहभागी  छलफलमा जलन उपचार व्यवस्थापनमा संलग्न वीर अस्पताल, पाटन अस्पताल, कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, किर्तिपुर बर्न अस्पताल र सुष्मा कोइराला मेमोरियल अस्पतालका प्रमुख र विज्ञहरुले जलन उपचारको वर्तमान अस्वस्था, चुनौति र अवको बाटो सन्दर्भमा छलफल भएकाे थियाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोसन पोखरेलले उपत्यकाका ६ वटै जलनको उपचार हुने अस्पतालहरुलाई समुन्वयात्मक रुपमा सेवा प्रवाहको व्यवस्था गर्ने गरि सम्पर्क व्यक्ति तोक्ने, ती अस्पतालहरुले उपत्यका बाहिरका संघिय र प्रादेशिक अस्पतालहरुलाई उपचारमा सहजिकरण गर्ने गरि अस्पताल तोक्ने र ती अस्पतालहरुको नेटवर्किङ गरि तोकिएका अस्पतालबाट जलनको उपचार एवं विशेषज्ञ जनशक्ति व्यवस्थापनमा सहजिकरण गर्ने गरि टेलिमेडिसिन सेवा मार्फत एकिकृत जलन उपचार व्यवस्थापन गर्न सबै मिलेर काम गर्नु पर्ने बताए ।

मन्त्री बस्नेतले विज्ञहरुबाट प्राप्त सुझाव कार्यन्वयनमा नेतृत्वदायी र सकारात्मक भूमिका खेल्ने बताए । उनले मन्त्रालयले सकेसम्म जलन उपचार व्यवस्थापनमा सहजिकरण गर्ने आश्वासन दिदै थौरै समयमा धेरै नतिजा निकाल्ने गरि जलनको उपचार र रोकथाममा काम गर्न सबै अस्पताल र विज्ञहरुलाई निर्देशन दिए ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१४,आईतवार २१:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं ।  एचआइभी संक्रमित र त्यसको जोखिम समुदाय संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य र शिक्षाबाटै बञ्चित भएको एक कार्यक्रमका सहभागीहरूले

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण निष्काशनको संशोधित तालिका सार्वजनिक गरेको छ । चालु आर्थिक बर्ष २०८०÷०८१ मा दुई

ललितपुर । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधानप्रति असन्तुष्ट शिक्षकसँग भएका सम्झौता कार्यान्यवमा सरकार पूर्ण

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसकाअनुसार अमेरिकी डलर एकको खरिद दर

ताजा समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३
एमाले कोशी प्रदेश अधिवेशन आज
 २०८०,आश्विन,१२,शुक्रवार १०:५५