१२ आश्विन २०८०, शुक्रवार

सिडेनको अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी प्यानलसहित विजयी, कसको कति मत ?

२०८०,जेष्ठ,१४,आईतवार १८:५६

72
Shares

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन् ।

आइतबार साँझ केसी सम्पूर्रण पदाधिकारी र बहुमत सदस्यसहित निर्वाचित भएका हुन् ।

शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनमा केसीले १ हजार ६ सय १९ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम प्रतिद्धन्दी चेतनाथ पाण्डेले १ हजार ६२ र अर्का प्रतिष्पर्धी प्रमोद दवाडीले १८५ मत प्राप्त गरेका छन् ।

यता केसी प्यानलकै उमेश धितालले जित हासिल गरेका छन् । उनले १ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् । भने महासचिवमा पनि उनकै प्यालनकै इन्जिनियर थमन बहादुर खड्काले १ हजार ३ सय ९ मतसहित जित हासिल गरेका छन् । त्यस्तै केसी प्यानलकै इन्जिनियर सुशील लामिछानेले १ हजार २ सय ६३ मतसहित जित हासिल गरेका छन् । त्यसैगरी कोषाध्यक्षमा पनि केसी प्यानलकै नवराज बस्नेतले जित हासिल गरेका छन् । उनले १ हजार ३ सय ४९ मत प्राप्त गरेका छन् ।

त्यस्तै सदस्यतर्फ पनि उनकै प्यानलको बहुमत रहेको छ ।

नवनिर्वाचित केसी नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल निकट मानिन्छन् । ७औँ कार्यसमितिको लागि निर्वाचित केसीको कार्यकाल दुई वर्ष हुनेछ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१४,आईतवार १८:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज शुरु भएको छ । असोज ९ गते नै नेतृत्व चयनको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनेको एकीकृत समाजवादीभित्र दरार देखिन थालेको छ । केन्द्रीय तहका नेताहरुबीच एकले अर्काको अस्तित्व स्वीकार

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८