काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् ।
जेठ १२ र १४ गते बसेको मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पौडेलले उनीहरुको कैद मिनाहा गरेका हुन् ।
विभिन्न अदालतबाट विभिन्न मितिमा भएको फैसलाबमोजिम नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा १५९ को बमोजिम उनीहरुलाई माफी दिइएको हो ।
त्यस्तै राष्ट्रपति पौडेलले अन्य ४८२ जनालाई समेत आम माफी दिएका छन् ।