१२ आश्विन २०८०, शुक्रवार

आर्थिक सर्वेक्षणले भन्यो– ‘जिडिपीमा कृषि क्षेत्रको योगदान घट्यो’

२०८०,जेष्ठ,१४,आईतवार १७:५६

81
Shares

काठमाडौं । कृषि प्रधान देश नेपालमा कुल ग्राहस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएको पाइएको छ ।

सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले सो तथ्यांक देखाएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको अर्थतन्त्रको संरचना परिवर्तन हुँदै गएको अवस्थामा जीडिपीमा कृषि क्षेत्रको योगदान घट्दै गएको र गैरकृषि क्षेत्रको योगदान बढ्दै गएको देखाइएको छ ।

‘नेपालको अर्थतन्त्रको संरचना परिवर्तन हुँदै गइरहेको छ । कुल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ भने गैर कृषि क्षेत्रको योगदान बढ्दै गएको छ । आर्थिक वर्ष २०७९/०८० मा कुल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत र गैर कृषि क्षेत्रको योगदान ७५.९ प्रतिशत रहेको अनुमान छ । गत आर्थिक वर्षमा यस्तो योगदान २४.७ प्रतिशत र ७५.९ प्रतिशत रहेको थियो । विगत दशक वर्षमा कृषि क्षेत्रको योगदान २६.५ प्रतिशत रहेको छ ।’ जारी सर्वेक्षण भनिएको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१४,आईतवार १७:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसका अनुसार अमेरिकी डलर एकको खरिद

काठमाडौं । नेकपा एमालेको जारी बागमती प्रदेशको अधिवेशन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । असोज ९ गते

काठमाडौं । आज विश्व मुटु दिवस । विभिन्न जनचेतानामूलक कार्यक्रमहरु गरी मनाइँदै छ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको

काठमाडौं । एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान गर्ने भएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले शनिबार झापाको

ताजा समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३
एमाले कोशी प्रदेश अधिवेशन आज
 २०८०,आश्विन,१२,शुक्रवार १०:५५
अष्ट्रेलिया लागे बिमल घर्तिमगर
 २०८०,आश्विन,१२,शुक्रवार १०:४२