३१ श्रावण २०७९, मंगलवार

सी माओपछिकै शक्तिशाली नेता

२०७४,कार्तिक,८,बुधबार ०१:४९

0
Shares

काठमाडौं, ८ कात्तिक- चिनियाँ राष्ट्रपति सी जिनपिङ चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओ त्से तुङपछिकै शक्तिशाली नेताका रूपमा स्थापित भएका छन् । विश्वको दोस्रो ठूलो अर्थ व्यवस्था भएको मुलुक चीनलाई शासन गरिरहेको चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशनले विधानमा आधिकारिक रूपमा ‘सी जिनपिङ विचारधारा’ समावेश गर्दै सीलाई शक्तिशाली स्थान दिएको हो ।यो सँगै चिनियाँ राष्ट्रपति सी चिनियाँ कम्युनिस्ट पार्टीमा माओ त्से तुङ र देङ सीआओ पिङपछि सबैभन्दा शक्तिशाली नेताको रूपमा उभिएका छन् । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले महाधिवेशन नयाँ युगको नयाँ अध्यायको सुरुवात गर्दै सम्पन्न भएको जनाएको छ ।महाधिवेशनले पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सीले महाधिवेशनमा प्रस्तुत गरेको ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनपिङ विचारधारा’लाई पार्टीको निर्देशक सिद्धान्तको रूपमा पार्टीको विधानमा उल्लेख गर्ने निर्णयलाई पारित गरेको हो ।महाधिवेशनले सीको सैन्य विचार र सैन्य शक्तिमाथि पार्टी नेतृत्वलाई समेत थप मजबुत बनाउने निर्णय गरेको छ । त्यस्तै उसले राष्ट्रपति सीले सन् २०१३ मा अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लाई समेत विधानको अंग बनाएको छ । सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टी २८ वर्षपछि सत्तामा आएको थियो । योसँगै आफ्नो महाधिवेशनमा विधानलाई संशोधन गर्दै समयसापेक्ष बनाउँदै अगाडि बढेको छ, राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार ०१:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठोक्किँदा दुई जनाको ज्यान गएको छ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिएकी

काठमाडौं । नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशले शारीरिक सुगठनका प्रशिक्षहरूलाई प्रशिक्षण प्रदान गरेको छ । प्रशिक्षणबाट दीक्षित प्रशिक्षकहरूलाई नेपाल

बारा । बाराको निजगढ नगरपालिकाबाट गैरनेपालीलाई नागरिकता दिने दोषीमाथि कारबाही गर्न प्रसाशननै मौन देखिएको छ । निजगढ नगरपालिका–१२ वडा कार्यालयले

ताजा समाचार

शारीरिक सुगठनका प्रशिक्षकलाई प्रशिक्षण
 २०७९,श्रावण,३१,मंगलवार १८:०५
थप ८४८ जनामा कोरोना संक्रमण
 २०७९,श्रावण,३१,मंगलवार १७:३९