१२ आश्विन २०८०, शुक्रवार

रेशम चौधरीलाई आम माफी दिने तयारीबारे सर्वोच्चमा रिट

२०८०,जेष्ठ,१४,आईतवार १७:०३

225
Shares

काठमाडौं । टिकापुर हत्या काण्डका दोषी पूर्व सांसद रेशम चौधरीलाई आम माफी दिने तयारीबारे सर्वोच्चमा रिट परेको छ ।

आइतबार दिउँसो टिकापुर हत्या काण्डकी पीडित इन्स्पेक्टर स्वर्गीय केशव बोहराकी पत्नी शारदा बोहरा लगायत रिट दर्ताका लागि सर्वोच्च पुगेका थिए । तर सर्वोच्च प्रशासनले अध्ययनकै लागि राखेको छ ।

यसअघि बोहराले चौधरीलाई आम माफी दिन नहुने भन्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निवेदन दिएकी थिइन् । गृह मन्त्रालयले उनलाई आम माफी दिने सम्बन्धी पठाएको प्रस्ताव राष्ट्रपति कार्यालयले फिर्ता पठाएको थियो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई आम माफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

२०७२ साल भदौ ५ गते कैलालीको टिकापुरमा धरुहट आन्दोलनको क्रममा ७ सुरक्षाकर्मीसहित १ बालकको निधन भएको थियो । जेठ २ गते सर्वोच्च अदालतले उनलाई आजिवन काराबासको सजाय सुनाएको छ ।

 

प्रकाशित मिति: २०८०,जेष्ठ,१४,आईतवार १७:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनेको एकीकृत समाजवादीभित्र दरार देखिन थालेको छ । केन्द्रीय तहका नेताहरुबीच एकले अर्काको अस्तित्व स्वीकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु भ्रमणमा जाँदै छन् । उनी स्थानीय समयअनुसार बिहान पौने १० बजे

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने

ताजा समाचार

एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३
एमाले कोशी प्रदेश अधिवेशन आज
 २०८०,आश्विन,१२,शुक्रवार १०:५५