काठमाडौंमा नेविसंघको वृहत्त प्रदर्शन, गुञ्जिए तीन घतलाग्दा प्रश्न

काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारका काम कारवाही र निर्णयको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । 
नेविसंघका कार्यकर्ताहरु बुधवार दिउँसो राजधानीको माइतिघर मण्डलामा भेला भएर र्यालीसहित बबरमहल हुँदै नयाँ बानेश्वर पुगेका थिए । 

र्याली बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागीहरुले ३३ किलो सुन काण्डका अपराधी सरकारले नै लुकाएको, नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी घोटलामा सरकारी संलग्नतालाई ढाकछोप गरेको, प्रसाईंलाई उकास्न केसीलाई मार्न खोजेको हो ? भन्ने लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?