नक्कली भुटानी शरणार्थी प्रकरण : लक्ष्मी महर्जनको बयान जारी, ईन्द्रजीतले गरे आनाकानी

लोकपथ
260
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान जारी रहेको छ ।

शुक्रबारबाट शुरु भएको बयान आज प्रतिवादीहरुको तर्फबाट लक्ष्मी महर्जनको बयान जारी रहेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालासमा जारी रहेको छ ।

आजै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका ईन्द्रजित राईको पनि बयान लिने तयारी गरिएको थियो । तर उनले स्वास्थ्य समस्या देखाउँदै बयान दिन आनाकानी गरेपछि महर्जनसँग बयान लिइएको हो ।
महर्जनले उक्त प्रकरणमा सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाए अनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रकम जम्मा गरेको खुलेको थियो । आजै सन्दीप रायमाझी र टंक कुमार गुरुङको बयान भइरहेको छ । यसअघि शुक्रबार उक्त प्रकरणमा मुछिएका केशव दुलाल र सागर राईको बयान लिइएको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा हालसम्म ३० जना मुछिएका छन् । भने हालसम्म १७ जना पक्राउ परेकोमा अझै १३ जना फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?