उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

लोकपथ
182
Shares

काठमाडौं । नेपालले काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा भएको खेलमा उज्वेकिस्तानलाई हराउदै नेपालले प्रतियोगितामा तेस्रो स्थान हात पारेको हो ।

नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गरेको हो । शुक्रबार भएको सेमिफाइनलमा काजकस्तानसँग पराजित भएपछि नेपालले फाइनल पुग्ने सपना सकिएको थियो ।

उपाधिका लागि भारत र काजकस्तान भिड्ने छन् । फाइनल खेल दिउँसो ४:१५ बजे शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?