काठमाडौं । भर्खरैमात्र सगरमाथाको सफल आरोहण गरेका पर्वतारोही हरिबहादुर बुढामगरलाई नेकपा एमालेले सम्मान गरेको छ ।
पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्मान गरेका हुन् । बुढामगरलाई सम्मान गर्दै अध्यक्ष ओलीले आगामी दिनमा आत्मविश्वासका साथ थप सफलताको कामना समेत गरे ।
भूतपूर्व ब्रिटिश गोर्खा सैनिक समेत रहेका बुढामगर जेठ ५ गते दिउँसो ३ बजे सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए।
ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछिपनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया