डा. केसीसँग भएको सम्झौता इमान्दारीका साथ कार्यान्वयन हुनुपर्छ : मन्त्री यादव

काठमाडौं । स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मुलुकको चिकित्सा शिक्षा गुणस्तरीय हुनुपर्ने बताएका छन् । 

उपप्रधानमन्त्री समेत रहेका यादवले बुधवार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । 

उनले त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको १६ औँ अनसनबारे गरिएको प्रश्नमा उनले भने, सरकारले डा. केसीसँग गरेको सम्झौतालाई इमान्दारी साथ कार्यान्वयन गर्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘विगतलाई हेर्दा म आफैँ पनि आन्दोलन गरेको आएको मान्छे हुँ ।’ त्यसैले सरकारले डा. केसीसँग गरेको सम्झौतालाई इमान्दारीका साथ कार्यान्वयन गर्नुपर्छ । 

यादवले मुलुकको चिकित्सा शिक्षा गुणस्तरीय हुनुपर्ने बताए । 

गत पुस २५ गते इलामबाट अनसन शुरु गरेका डा. केसीको आज अनसनको १४ दिन हो । अनसनकै क्रममा उनको स्वास्थ्यमा समस्या देखिएपछि गत शुक्रवार नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । उनको हाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?