यसकारण भरिन्छ पेटमा ग्यास : यी ५ चिज कहिल्यै नखानुहोस्

हामी धेरैले अपानवायु छाड्छौँ । पेटमा जति धेरै ग्यास भरिन्छ, उति मात्रामा ग्यास निस्कने हो । हाम्रो खानपानकै कारण पेटमा ग्यास उत्पादन हुन्छ । खानपानमा ख्याल गरेमा ग्यास भरिने समस्याबाट छुटकारा पाउन सकिन्छ । कारण-खाना हतारमा खानुहुन्छ भने अबदेखि बिस्तारै खाने गर्नुहोस् । हतारमा खाना खानेहरूमा एसिडको मात्रा बढ्ने र यसले गर्दा पेटमा ग्यास भरिने समस्या हुन्छ ।-राति अबेरसम्म नसुत्ने र बिहान धेरै बेरसम्म सुत्नेहरूमा ग्यास भरिन्छ ।-धेरै तनावमा रहनेहरूमा डाइजेस्टिभ इन्जाइम्सको सिक्रिसन कम हुन्छ ।-यसले ग्यास भरिने समस्या बढ्न जान्छ ।-निरन्तर कुर्सीमा बसेर काम गर्नेहरूमा राम्रोसँग खाना डाइजेस्ट हुँदैन । उनीहरूमा पनि ग्यास भरिने समस्या हुन्छ ।यी खानेकुराले बढाउँछ ग्यासआलु : धेरै आलु खानेहरूमा ग्यास भरिने समस्या अधिक मात्रामा हुन्छ । यसमा स्टार्चको मात्रा अधिक हुने भएकाले ग्यास पनि उत्तिकै उत्पन्न हुन्छ ।राज्मा : राज्मा हामी तरकारीको रूपमा खान्छौँ । तर, अरू दालको तुलनामा राज्माबाट ग्यास उत्पादन बढी मात्रामा हुन्छ । राज्मा डाइजेस्ट हुनका लागि धेरै समय लाग्ने भएकाले ग्यास उत्पादन बढी मात्रामा हुन्छ ।गोभी : फूलगोभीमा रेफिनोजको मात्रा अधिक हुन्छ । यो खानाले ग्यास धेरै मात्रामा बढाउँछ ।दूध : दूध धेरै खानेहरूको पेटमा ग्यास भरिन्छ । दूधमा पाइने लेक्टोज डाइजेस्ट हुन धेरै समय लाग्छ र ग्यास भरिन्छ ।स्याउ : फलफूल खानेहरूमध्ये धेरैले स्याउ पनि अधिक मात्रामा खान्छन् । तर, धेरैलाई थाहा छैन, स्याउ डाइजेस्ट हुनका लागि धेरै समय लाग्छ र ग्यास उत्पादन भई पेट भरिन्छ । -नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?