मन्त्रिपरिषद् बैठकका निर्णयहरु : योजना आयोगको सदस्य नियुक्तदेखि कैदीको आममाफीसम्म

लोकपथ
208
Shares
k|d k|r08sf] cWoIftfdf nufgL af]8{sf] a}7s sf7df8f}F, !$ h]7 M k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no l;+xb/af/ cfOtaf/ k|wfgdGqL k’iksdn bfxfn …k|r08Úsf] cWoIftfdf nufgL af]8{sf] a}7s a:b} . tl:a/a M k|bLk/fh jGt÷/f;;

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा लमजुङकी अनिता ढुंगानालाई नियुक्त गर्ने लगायतका निर्णयहरु गरेको छ ।

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एंव सरकारका प्रवक्ता रेखा शर्माले गणतन्त्र दिवसमा केही कैदीबन्दीलाई आममाफी दिने निर्णय भएको समेत बताइन् ।

‘गणतन्त्र दिवसका सन्दर्भममा केही कैदीको बाँकी सजाय र केही कैदीको आममाफी दिने निर्णय भएको छ ।’ उनले भनिन् ।

त्यस्तै क्यानडामा आगामी भदौ ५ देखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरणको सातौँ सभाको सम्बन्धित बैठकमा अर्थमन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरिएको छ ।

सिन्धुलीमाढी भूमिस्थान चकमके उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ ।

वन तथा वातावरण मन्त्रालयको मध्यतमोर जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वनक्षेत्रको प्रयोग गर्न र सो जग्गामा रहेको रुख हटाउन स्वीकृति दिने निर्णय गरिएको छ ।

त्यसमा विशेषगरी रेशम चौधरीको निवेदनका आधारमा राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।

कानुन अनुसार नै उक्त निर्णय गरिएको समेत उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?