काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो सिफारिस गरेको हो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीलाई टिकापुर हत्याकाण्डको दोषीको रुपमा सर्वोच्चले आजिवन काराबासको सजाय सुनाएको छ ।
त्यसो त गृहमन्त्रालयले गणतन्त्र दिवसमा चौधरीलाई आममाफी दिन गरेको प्रस्ताव यसअघि नै राष्ट्रपति कार्यालयले फिर्ता गरिदिएको छ ।