१२ आश्विन २०८०, शुक्रवार

गणतन्त्र दिवसका अवसरमा बागमतीमा रक्तदान कार्यक्रम

२०८०,जेष्ठ,१४,आईतवार ११:०५

54
Shares

हेटौँडा । १६ औँ गणतन्त्र दिवसको अवसरमा आइतबार स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

आज हेटौँडाको बुद्ध चोकमा आयोजना भएको रक्तदान कार्यक्रमको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले रक्तदान गरेर गरेका छन् ।

सो अवसरमा उनले प्रदेशबासी सबैलाई गणतन्त्र दिवसको शुभकामना दिँदै भने– ‘रक्तदान जीवनदान हो, यसलाई संस्कृतिको रूपमा विकास गर्नुपर्छ ।’

No description available.

सो अवसरमा उनले गणतन्त्रको यस १५ वर्षमा धेरै राम्रा कामहरू भएको तर प्रतिगामी शक्तिहरूले अझै ‘गणतन्त्र कि राजतन्त्र’ भन्नेजस्ता हास्यास्पद कुरा गर्दै हिँडिरहेको टिप्पणी गरे।

राजावादीहरूको यस्तो तर्कलाई उनले मान्छेलाई ‘स्वर्ग जान्छस् कि नर्क’ भनेर सोध्नुजस्तै हो भन्दै व्यंग्य गरे।

उनले भने– ‘नेपालमा राजतन्त्र इतिहास बनिसक्यो, अब कसैले चाहेर राजतन्त्र फर्किदैँन । त्यसैले नेपाली इतिहासकै सबैभन्दा महान उपलब्धि गणतन्त्रलाई थप सुदृढ गर्न सबै एकताबद्ध हुनुपर्छ ।’

कार्यक्रमको अध्यक्षता स्वास्थ्यमन्त्री उत्तम जोशीले गरेका थिए। कार्यक्रममा मन्त्री श्रेष्ठलगायत ३२ जनाले रक्तदान गरेका थिए ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१४,आईतवार ११:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज शुरु भएको छ । असोज ९ गते नै नेतृत्व चयनको

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउने भएकी छन् । आइतबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८