१२ आश्विन २०८०, शुक्रवार

शेखर कोइरालाको प्रश्न : ‘अनियमितताको विषय छानबिन गर्ने कि रेकर्डबाट हटाउने ?’

२०८०,जेष्ठ,१४,आईतवार १०:५९

63
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

वैशाख १० गते माओवादी सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरी लगाउँदा भएको अनियमितता भएको विषयमा संसदको ध्यानाकर्षण गराएका थिए । एमाले अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित आरोपमा शनिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसको ढाकछोप गर्दै संसदको रेकर्डबाट हटाउन आग्रह गरेका थिए ।

सोही प्रसंगमा सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले संसदमा शंकास्पद अनियमितताको छानबिन गर्नुको साटो ढाकछोप गरिएको भन्दै कटाक्ष गरे ।

‘कस्तो विडम्बना ! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियता सम्बन्धी विषय उठाउने, दलका शिर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरुप कार्य गर्ने । सांसदका हरेक अभिव्यक्ति तार्किक निश्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिंदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र ?’ उनले भने ।

उक्त प्रकरणले संसदको गरिमामाथि नै प्रश्न उठिरहेको भन्दै संसदमा स्वतन्त्र रपमा अभिव्यक्ति दिन नपाउने हो भन्दै प्रश्न गरेका छन् ।

‘हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं । के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो ?’ उनले भने ।

शुक्रबार आफ्ना अध्यक्षमाथि भ्रष्टाचारको आरोप लगाइएको भन्दै एमालेले संसद अवरोध गरेको थियो । तर शनिबार गठबन्धन दलका शीर्ष नेताहरुको छलफलपछि उक्त सहमति गरेर सो भनाइलाई रेकर्डबाट हटाइएको थियो ।

‘संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छन भन्ने कुरा बुझौं ।’ उनले भनेका छन् ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१४,आईतवार १०:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको छेन्दु पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको विदेश भ्रमणबारे टिप्पणी गरेका छन् । नेकपा एमाले कोशी प्रदेशको उद्घाटनका

काठमाडौं । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, वंशाणुगत रोगहरु नियन्त्रणका लागि पशु चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताएका छन्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ । जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव

ताजा समाचार

छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड
 २०८०,आश्विन,१२,शुक्रवार १३:५४
नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७