१२ आश्विन २०८०, शुक्रवार

हेटौँडामा मिटरब्याजीविरुद्ध साठी उजुरी

२०८०,जेष्ठ,१३,शनिवार १७:२०

99
Shares

काठमाडौं । मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालय हेटौँडामा मिटरब्याजविरुद्ध ६०  उजुरी परेका छन् । सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिने आह्वान गरेपछि ६० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।
कार्यालयका सहायक प्रजिअ नेत्रप्रसाद शर्माका अनुसार हेटौँडा उपमहानगरपालिकाबाट २६, मकवानपुरगढी गाउँपालिकाबाट छ, भीमफेदीबाट १२, कैलाश गाउँपालिकाबाट तीन, इन्द्रसरोवर गाउँपालिकाबाट तीन र जिल्लासँग सम्बन्धित काठमाडौँबाट दुई र ललितपुरबाट एकजनाको उजुरी परेको छ ।
“मिटरब्याजको धन्दा सञ्चालन गर्ने समूहबाट पीडित भएको भन्दै सर्वसाधारणले उजुरी गरेका छन्”, उनले भने । उजुरी दर्ता गर्ने समय यही जेठ १४ गते सम्म तोकिएको छ । उजुरी दर्ता अवधि सकिएपछि दुवै पक्षलाई बोलाएर छलफल सुरु गरिने जिल्ला प्रशासन कार्यालयको मुद्दा दर्ता शाखाले जनाएको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१३,शनिवार १७:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । साठी वर्षदेखि ७०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सफा

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका –३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण

रामेछाप । रामेछापको सदरमुकाम मन्थली नजिकै रहेको एउटा प्राचीन सम्पदा संरक्षणको अभावले नासिने अवस्थामा पुगेको छ । मन्थली बजारको पारिपट्टी

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८