१२ आश्विन २०८०, शुक्रवार

फिफा र एएफसीको प्रतिनिधिमण्डलद्वारा एन्फा पदाधिकारीसँग भेट

२०८०,जेष्ठ,१३,शनिवार १६:१८

0
Shares

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य र प्रशासनसहित विभिन्न निकायका प्रतिनिधिसँग भेटवार्ता गरेको एन्फाले जनाएको छ ।

फिफाको सिनियर मेम्बर एसोसियसन गभर्नेन्स सर्भिस म्यानेजर अहमद हराज, फिफा क्षेत्रीय कार्यालय दक्षिण एसियाका प्रमुख प्रिन्स रुफस, एएफसी दक्षिण एसिया युनिटको सिनियर म्यानेजर सोनम जिग्मी र एएफसी दक्षिण एसिया युनिटका म्यानेजर दिनिश डी सिल्भा दुई दिने नेपाल भ्रमणमा आएका थिए ।

फिफाको ७३ औं महाधिवेशनमा एन्फालाई आन्तरिक सुशासन प्रक्रियामा सुधार गर्न सहयोग पुर्‍याउने उद्देश्यले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको अनुरोधमा भ्रमणको आयोजना गरिएको एन्फाले जनाएको छ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१३,शनिवार १६:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ । बिहीबार राती भएको खेलमा ओसासुनालाई २–० गोलले हराउँदै

काठमाडौं । नेपाली फुटबल टिमका स्टार बिमल घर्तिमगर विदेश पलायन भएका छन् । उज्जवल भविष्यको खोजीमा बिमल अष्ट्रेलिया पलायन भएका

कञ्चनपुर । बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा

काठमाडौं । श्रीलंकाका ब्याटसम्यान दनुस्का गुनाथिलकाले बलात्कारको आरोपमा सफाइ पाएका छन् । बिहीबार अष्ट्रेलियाको सिड्नीस्थित डाउनिङ सेन्ट्रल डिस्ट्रिक कोर्टले सफाइको

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७