जनमत पार्टीको जनप्रतिनिधि समन्वय समितिको बैठक बस्दै

लोकपथ
56
Shares

काठमाडौं । जनमत पार्टीले जनप्रतिनिधि समन्वय समितिको बैठक बोलाइएको छ ।

आज बस्ने बैठकमा स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित वडाअध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखहरूको उपस्थिति रहनेछन् ।

बैठकमा पार्टीको अवधारणाअनुरुप आगामी नीति तथा कार्यक्रमको खाका कोर्ने र स्थानीय बजेटमा समावेश गर्न सुझाव दिइने बताइएको छ ।

गत आर्थिक वर्षको योजना तथा कार्यक्रमको समीक्षा गर्दै आगामी साउन ६ गते हुने जनमत संग्रहको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?