नयाँ बजेट घोषणाको मिती नजिकिदैं गर्दा सेयर बजारमा उत्साह, सातामा झण्डै सात अर्बको सेयर किनबेच

लोकपथ
169
Shares

काठमाडौं । सरकारले यही जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दे छ । बजेट घोषणा हुनुअघि सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

नीति तथा कार्यक्रम मार्फत सरकारले अर्थतन्त्र चलायमान बनाउने, बैंकिङ क्षेत्रमा रहेको निक्षेपलाई उत्पादनमुलक क्षेत्रमा लगाउने, कर्जाको व्याजलाई नियन्त्रण गर्ने, पुँजी बजारलाई सुधार गर्ने लगायतका योजनाहरु अघि सारेको छ । यि योजनाहरुलाई सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत अझै बढी समेट्ने बताईरहेको छ ।

यही कारण पनि हुन सक्छ, सेयर बजारमा यो साता निकै नै उत्साह देखिएको छ । साताको सुरुवाती कारोबार दिनदेखि नै बढ्न थालेको सेयर बजार लगातार बढ्दै जाँदा नेप्से सुचक संगै कारोबार रकम पनि यो साता निकै नैं बढेको छ । सो अनुसार यो साता नेप्सेले १९ सय ५९ दशमलव १२ अंक चुम्न सफल हुँदा सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७१ दशमलव ३१ अंक चुम्न सफल भएको छ ।

धितोपत्र बजारमा यो साता कुल दुुई सय ७३ वटा कम्पनीहरुको शेयर कारोबार भएका छन् । जसबाट एक लाख ३३ हजार सात सय १४ पटकमा एक करोड ९२ लाख ५७ हजार चार सय ३५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम छ अर्ब ९५ करोड २२ लाख ३९ हजार चार सय २७ रुपैंयाँ पुग्न सफल भएको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै तीन अर्ब रुपैयाँले बढी हो । गत साता भने धितोपत्र बजारमा दुुई सय ६९ वटा कम्पनीहरुको एक लाख १९ हजार नौं सय ८९ पटकको कारोबारमा एक करोड ४१ लाख ९३ हजार एक सय ८८ कित्ता सेयर किनबेच भएका थिए । जसबाट कुल कारोबार रकम चार अर्ब ५९ करोड ८० लाख ४० हजार आठ सय तीन रुपैंयाँ कायम भएको थियो ।

यो साता नेप्से नियमित कारोबारको लागि चार कार्य दिन मात्र खुल्ला रहेको थियो । सो मध्ये पहिलो, दोस्रो, तेस्रो र चौंथो दिन नैं लगातार नेप्से बढेको थियो । पहिलो दिन पाँच दशमलव ८८ अंकले बढेर १८ सय ८३ दशमलव २० अंकमा पुगेको नेप्से दोस्रो दिन आठ दशमलव १० अंकले बढेर १८ सय ९१ दशमलव ३१ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन ५१ दशमलव ३१ अंकले बढेर १८ सय नौं दशमलव ६३ अंकमा पुगेकोे नेप्से चौंथो दिन पनि १६ दशमलव ४९ अंकले बढेर १९ सय ५९ दशमलव १२ अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी पहिलो दिन शुन्य दशमलव १४ अंकले बढेर तीन सय ५८ दशमलव ३३ अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन पनि शुन्य दशमलव ५४ बिन्दुले बढेर तीन सय ४९ दशमलव शुन्य एक अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन पुन आठ दशमलव ८३ अंकले बढेर तीन सय ६७ दशमलव ७२ अंंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पनि तीन दशमलव ५८ अंकले बढेर तीन सय ७१ दशमलव ३१ अंकमा पुग्न सफल भएको थियो ।

यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट, नेपाल टेलिकम आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

यस्तो रह्यो यो साता दैनिक सेयर कारोबार

दिन                   कम्पनी संख्या                    कारोबार संख्या         कित्ता                    कारोबार रकम
पहिलो दिन                २७३                               ३४३३१                  ४८२८७७६               १६००४९२७३१.५३
दोस्रो दिन                  २७२                               २५७४६                ३४९५७५२                १२७८७०४७२६.३८
तेस्रो दिन                   २७१                                ३८७९६                ६०६७४३२                २२०००२३९४५.८७
चौंथो दिन                   २७०                               ३४८४१                 ४८६५४७५               १८७३०१८०२४.०९
कुल                                                               १३३७१४                १९२५७४३५           ६९५२२३९४२७.५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?