बाबुरामको कटाक्ष : मिठो तरकारीमा गोबर मिसाएपछि खाने नि नखाने ?

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको जीवन रक्षामा को कति सम्बेदनशील छन् भन्ने तथ्यांक सार्वजनिक गरेका छन् । 

बुधवार ट्वीट गर्दै डा. भट्टराईले ‘डा. केसीको जीवन रक्षा गरौँ ! को कति सम्वेदनशील तथ्यांकमा हेरौँ !’ भन्दै तथ्यांक सार्वजनिक गरेका हुन् । 

‘डा. केसीले उठाएका स्वास्थ्य शिक्षा सम्बन्धी माग र उहाँको जीवन रक्षाबारे सधैँ साथ दिँदै आएका हामीजस्ता धेरे मानिसहरुलाई यसपटक त्यहाँ रहस्यमय ढंगले घुसाइएका असान्दर्भिक मागले धर्मसंकटमा पारेको छ है । मिठो तरकारीमा अलिकति गोबर मिसाइदिएपछि त्यसलाई खाने नि नखाने ? चतुरेहरुके चाल हो त यो ?’ भन्दै ट्वीट मार्फ प्रश्न गरेका छन् । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?