१३ जेष्ठ २०८०, शनिवार

दुई जना सांसद हटाउन प्रक्रिया अघि बढाउने जनमतको निर्णय

२०८०,जेष्ठ,१२,शुक्रवार २०:१२

450
Shares

काठमाडौँ । जनमत पार्टीले प्रतिनिधिसभाका दुई जना समानुपातिक सांसदलाई हटाउन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको जनमतको केन्द्रीय समिति बैठकले संसदमा प्रभावकारी भूमिका खेल्न नसकेको निष्कर्ष निकाल्दै सोनु मुर्मुर र बिनिता सिंहलाई सांसदबाट हटाउने प्रक्रिया थाल्ने निर्णय गरेको हो ।

नेता चन्दक सिंहका अनुसार सांसदका रुपमा उनीहरुमा अक्षमता देखिएको निष्कर्ष बैठकले निकालेको छ । जनमतले सबै प्रक्रिया मिलाएर उनीहरुको ठाउँमा नयाँ नाम पठाउने निर्णय पनि गरेको छ।
यद्यपि बैठकले नयाँ नाम भने टुंगो लगाइसकेको छैन ।
जनमत पार्टीको प्रतिनिधिसभामा ६ सांसद रहेका छन् । जसमा सीके राउतमात्रै प्रत्यक्षबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१२,शुक्रवार २०:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११