काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
आज बसेको बैठकले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो ।
‘‘नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गरेर पठाउने निर्णय भएको छ’, ती मन्त्रीले भने ।
नागरिकता विद्येयक फिर्ता हुँदा लाखौँ नेपाली नागरिकताबाट बञ्चित भएको भन्दै संसदमा आवाज उठिरहेको छ ।