२० मिनेट भन्दै रोकिएको संसद बैठक ६ बजेसम्मका लागि सर्यो

लोकपथ
49
Shares

काठमाडौं । एमालेको अवरोधपछि स्थगित प्रतिनिधि सभा बैठक साँझ ६ बजेसम्मका लागि स्थगित भएको छ ।

पशुपतिको जलहरीको विषयमा अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारको आरोप लगाइएपछि एमालेले संसदमा अवरोध कायम गरेको थियो ।

एमालेको अवरोधपछि २० मिनेटका लागि स्थगित बैठक दिउँसो ३ बजे बस्ने भनिएको थियो । तर ५ बजिसक्दा पनि बैठक बस्न नसकेपछि ६ बजे बस्नेगरी संसद सचिवालयले सूचना निकालेको छ ।

अहिले सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ । एमालेले ओलीमाथि आरोप लगाउने माओवादी सांसद लेखनाथ दाहालले माफि माग्नुपर्ने, संसदको रेकर्डबाट उक्त भनाइ हटाउनुपर्ने र जलहरीको विषयमा छानबिन गर्नुे माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?