जसपाको प्रमुख सचेतकमा प्रदीप यादव

लोकपथ
28
Shares

काठमाडौं । जनता समाजवादीको प्रमुख सचेतकमा सांसद प्रदीप यादव नियुक्त भएका छन् ।

शुक्रबार जसपाका अध्यक्ष उपेन्द्र यादवले सांसद यादवलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

पार्टी संसदीय दलको विधान, २०७८ को धारा १३ को उपधारा १ बमोजिम उनलाई दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।

साथै उनलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन तथा नियमानुसार पाउने सुविधा समेत उपलब्ध गराइने बताइएको छ ।

यादव गत मंसिरको निर्वाचनमा पर्सा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?