सत्ता र प्रतिपक्षको आ–आफ्नै अडान, एमाले भन्छ–‘माग पूरा नभए सदन चल्न दिन्नाैँ’

लोकपथ
49
Shares
?????? ???? ??? ???? ?????????? ???????? ????? ????????? ??? ?????? ????? ???????? ???? ???? ???? ??????? ????? ????? (?????)?? ???????? ? ??????? ????????? ????/????

काठमाडौं । पशुपतिमा जलहरी लगाउने क्रममा सुनको सट्टा पित्तलको प्रयोग भएको भन्ने विषयले संसदमा हंगामा मच्चिएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा माओवादी सांसद लेखनाथ दाहाल राजनले तत्कालिन प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली जलहरीमा पनि भ्रष्टाचार गरेका आरोप लगाएका थिए ।

आज बसेको बैठकमा नेकपा एमालेले सत्ता पक्षले आरोप लगाउने भन्दा पनि कारबाही गर्ने भन्दै उक्त भनाइप्रति आपत्ति जनाएको छ । एमालेको अवरोधपछि रोकिएको संसद बैठक अझै सुचारु हुन सकेको छैन । अहिले संघीय संसद भवनमा सभामुखसहित सत्ता पक्ष र प्रतिपक्षका शीर्ष नेताहरुबीच छलफल जारी रहेको छ ।

एमाले आफूले राखेका मागहरु पूरा नहुँदासम्म सदन चल्न दिने अवस्थामा नरहेको एमाले सचेतक महेश बर्तौलाले लोकपथलाई जानकारी दिए । सत्तापक्षका सांसदले आरोप लगाउने भन्दा पनि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्नेमा आरोप लगाएर भाग्न नमिल्ने उनले बताए ।
‘हामी छलफलमै छौँ । हाम्रा मागहरु उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाइनुपर्ने, उक्त प्रकरणबारे सत्यतथ्य छानबिन हुनुपर्ने लगायत रहेका छन् ।’ उनले भने, ‘सरकार पक्षको काम आरोप लगाउने होइन । छानबिन गरी दोषी देखिए कारबाही गर्ने हो ।’

सो प्रकरण गम्भीर विषय रहेकाले त्यसलाई सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने उनले बताए । साथै आफ्नो मागहरु पूरा नभए सदन चल्न नदिने पक्षमा एमाले देखिएको छ ।

‘हाम्रा मागहरु पूरा नभएसम्म हामी सदन चल्न दिँदैनौँ ।
उहाँहरु हामीलाई त्यसबारेमा थाहा छैन भनिरहनुभएको छ । उहाँहरुले सदनलाई सुचारु गर्ने पक्षमा देखिनुहुन्न ।’ बर्तौलाले लोकपथसँग भने ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने र आजै नीति तथा कार्यक्रम पास गर्ने तयारी रहेको थियो । तर बैठक अझै शुरु हुन नसक्दा नीति तथा कार्यक्रमाथिको छलफल नै प्रभावित पर्ने देखिएको छ ।

त्यसो त महालेखा परीक्षकको कार्यालयले जलहरी लगाएर बाँकी रहेको सुनको प्रयोग भएको यथेष्ठ प्रमाण नभएको पुष्टि विवरणमा देखाइएको थियो । उक्त विषयमा अदालतमा मुद्दा समेत परेको र अहिले विचाराधीन अवस्थामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?