१४ आश्विन २०८०, आईतवार

महिला भलिबलमा भारत फाइनलमा

२०८०,जेष्ठ,१२,शुक्रवार १६:५०

117
Shares

काठमाडौं । राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा पुगेको हो । भारतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२०, तेस्रो तथा अन्तिम सेट २५–१५ मा आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गर्यो । अब भारतले फाइनल खेलमा नेपाल र काजकिस्तानबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल यही जेठ १४ गते हुनेछ ।

नेपाल र काजकिस्तानबीचको दोस्रो सेमिफाइलन खेल आज साँझ हुँदैछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१२,शुक्रवार १६:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरको छ । अभिनाश बोहराले

काठमाडौं । जम्मू कश्मीर पुलिसले शनिबार कुपवाडा जिल्लाको नियन्त्रण रेखाको माछिल सेक्टरमा दुई आतंककारीहरूलाई मारेको दाबी गरेको छ। सूचना पाएलगत्तै

काठमाडौं । महिला ह्यान्डबलमा नेपालको चुनौती शनिबार समाप्त भएको छ । समूह ‘बी’ को तेश्रो तथा अन्तिम खेलमा भारतले नेपाललाई

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ । भियतनामले नेपाललाई २५–४, २५–१६ र

ताजा समाचार

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
 २०८०,आश्विन,१४,आईतवार १८:०८