१३ जेष्ठ २०८०, शनिवार

स्वास्थ्य मन्त्री बस्नेतद्धारा वीर अस्पतालको आकस्मिक निरीक्षण (भिडियोसहित)

२०८०,जेष्ठ,१२,शुक्रवार १८:५६

45
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार वीर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् ।

विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिएर शुक्रबार बिहान काठमाडौं आइपुगेका मन्त्री बस्नेतले एक हप्ताभित्र बिरामीहरुले महसुस हुने गरि सुधार भएको देखिने गरि वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् ।

वीर अस्पतालको सेवा सुविधा नसुध्रेसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने बताउँदै मन्त्री बस्नेतले सबैभन्दा पहिले वीरको सेवा सुविधा सुधार हुनु पर्नेमा जोड दिए । मन्त्री बस्नेतले भने, ‘ वीर अस्पताल देशको लिडर अस्पताल हो । वीरको सेवामा तत्काल सुधार हुनै पर्छ ।’
वीरको सेवा सुधार्न हरेक चिकित्सकले इमान्दार प्रयास गर्नु पर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री बस्नेतको भनाई छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका बिषयमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए ।

मन्त्री बस्नेतले वीर अस्पतालको टिकट काउन्टर, फार्मेसी, हेमोडाइलासिस, आईसियू, आकस्मिक कक्ष, जनरल वार्ड, ग्यास्ट्रो, उपकुलपति कार्यालय लगायत वीर अस्पतालका महत्वपूर्ण विभागहरुको निरीक्षण गरेका थिए ।

मन्त्री बस्नेतले टिकट काउण्डरको भिड कम गर्न र सेवा सहज बनाउन अनलाईन मार्फत टिकट काट्ने व्यवस्था मिलाएर त्यसको जानकारी सर्वसाधारणलाई हुने गरि व्यवस्था गर्न निर्देशन दिएका छन् । त्यसैगरि अस्पतालमा रहेका बेड र आईसियू बेड खाली भए नभएको जानकारी वेभसाइटमा राख्न समेत मन्त्रीले निर्देशन दिएका छन् ।

वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको ९ बेड आईसियू एक हप्ताभित्रै सञ्चालनमा ल्याएर आईसियू बेड नपाएर भौतारिनु पर्ने अवस्थाको अन्त्य गर्न मन्त्री बस्नेतले निर्देशन दिए । उनले भने, ‘नर्सिङ जनशक्ति केही दिनमा लोकसेवा पास गरेर आउदैछ भनेर पर्खेर बस्ने अवस्था छैन । अस्पतालकै जनशक्ति तानतुन गरेर भए पनि चाडो आईसियू सञ्चालन गर्नु पर्यो ।’

देशभरि मिर्गौला फेल हुने बिरामीहरुको संख्या बढ्दै गइरहेकोले डाइलासिस गराउन आवश्यक पर्ने बेड संख्या थप्न, अस्पतालको सरसफाईमा ध्यान दिन र आकस्मिक कक्षमा बेडको संख्या थप्न पनि मन्त्रीले निर्देशन दिए ।

वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी ड्युटी समयमै निजी क्षेत्रका अस्पताल र क्लिनिकहरुमा जाने गरेको पाइएकाले ड्युटी समयमा अस्पताल छोडेर निजीमा जाने चिकित्सकलाई कारवाही गर्न वीरको नेतृत्वलाई निर्देशन दिए ।

मन्त्री बस्नेतले भने, ‘सुरुमा हामी चिकित्सकहरुलाई ड्युटी समयमा निजी अस्पताल क्लिनिकमा नगइदिन अनुरोध गर्दछौ । तर हाम्रो अनुरोधलाई कमजोरी ठाने कारवाही गरिने छ ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतले स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन अनुसार वीर अस्पतालको सेवामा देखिने गरि परिवर्तन गरिने बताए ।

निरीक्षण टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेल, देवकुमारी गुरागाँई, अतिरिक्त सचिव डा. संगीता मिश्र लगायत मन्त्रालयका अन्य अधिकारी रहेका थिए ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१२,शुक्रवार १८:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११