किन अझै शुरु हुन सकेन प्रतिनिधि सभा बैठक ?

लोकपथ
70
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि स्थगित प्रतिनिधि सभा बैठक अझै शुरु हुन सकेको छैन ।

अध्यक्ष केपी शर्मा ओलीमाथि पशुपतिको जलहरी लगाउँदा भ्रष्टाचारको आरोप लगाइएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।

बुधबारको प्रतिनिधि सभा बैठकमा माओवादी सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरी लगाउँदा भ्रष्टाचार भएको र त्यो बेलाका प्रधानमन्त्री ओली रहेका कारण जिम्मेवारी लिनुपर्ने बताएका थिए ।

सोही विषयमा सांसद दाहालले माफी माग्नुपर्ने र संसदको रेकर्डबाट उक्त भनाइ हटाउनुपर्ने एमालेको माग रहेको छ ।

एमालेले आफ्नो अडान कायम राखेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका थिए । एमालेसहितका दलहरुसँग अहिले पनि छलफल जारी रहेको छ ।
एमालेले आफ्नो अडान कायम राखेपछि ३ बजेका लागि बैठक आह्वान गरिएकोमा अझै बैठक शुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?