काठमाडौं । नेपाली कांग्रेसले प्रचारविभाग प्रमुखमा मिन विश्वकर्मा नियुक्त भएका छन् ।
सभापति शेरबहादुर देउवाले आफूनिकट विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।
दलित संघको अध्यक्ष समेत रहेका विश्वकर्मा कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनलाई सभापति देउवाले नै केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
महाधिवेशन भएपछि ६ महिनाभित्र विभिन्न २८ वटा विभागलाई पूर्णता दिनुपर्ने विधान रहेको छ । तर अहिलेसम्म देउवाले विश्वकर्मालाई पहिलो पटक मनोनित गरेका हुन् ।