१३ जेष्ठ २०८०, शनिवार

त्रिवि र आइडिया स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षर

२०८०,जेष्ठ,१२,शुक्रवार १२:४९

0
Shares

काठमाडौं । त्रिभवुन विश्वविद्यालय, व्यवस्थापन सङ्काय र आइडिया स्टुडियो नेपालबीच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सहकार्य शिक्षा, अनसुन्धान र बलियो उद्यमशील प्रणालीको विकासका लागि गर्न लागिएको जनाइएको छ । नेपालको उद्यमशील प्रणालीमा सहकार्य गरी अनसुन्धान गर्ने उद्देश्यले समझदारीलाई अघि बढाइने जनाइएको छ । विश्वविद्यालय र आइडिया स्टुडियो नेपालले स्टार्टअप प्रणालीमा सामुदायिक संलग्नतालाई प्रोत्साहन गर्दै उद्यमशीलता र नवप्रवर्तनका फाइदाबारे सचेतना जगाउन स्थानीय समदुायसँग सक्रियरूपमा सहभागी भई काम गर्ने जनाइएको छ ।

दुवै सस्ंथाले आकाङ्क्षी उद्यमीलाई वित्तीय र बैैंकिङ साक्षरता कार्यक्रम, बीज लगानी सहजीकरण, सहुलियत र वित्त लगानीका अवसर जुटाउने सहयोग गर्नेछ । विश्वविद्यालय, व्यवस्थापन सङ्कायका डीन प्रा डा डिल्लीराज शर्माले साझेदारीप्रति उत्साह व्यक्त गर्दै भने, “आइडिया स्टुडियो नेपालसँगको सहकार्यलाई विद्यार्थी र सङ्काय सदस्यमा उद्यमशीलता एवं नवप्रवर्तनको प्रवर्द्धनमा महत्वपूर्ण कदम चालेको छ, हाम्रो संयुक्त प्रयासमार्फत, हामी एक गतिशील उद्यमशील प्रणाली सिर्जना गर्ने लक्ष्य राख्छौँ, जसले रचनात्मकतालाई पोषण दिन्छ, सहयोगलाई बढावा दिन्छ र दिगो विकासको लागि मार्ग प्रशस्त गर्दछ ।”

आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले साझेदारीले आशाको सञ्चार गरेको बताए । “समझादारीले नयाँ आविष्कार र दिगो व्यावसायिक अभ्यास गर्नेतर्फ रोमाञ्चक यात्राको शुुरुआत गरेको छ, हाम्रो विशेषज्ञताको सदपुयोग र सङ्कायसँग सहकार्य गरेर यसको व्यवस्थापन हुनेछ ।” समझदारीले आगामी पुस्ताका उद्यमीलाई सकारात्मक सामाजिक र आर्थिक परिवर्तन गर्न प्रेरित एवं सशक्तीकरण गर्न सहयोग मिल्ने जनाइएको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१२,शुक्रवार १२:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न

काठमाडौं । मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालय हेटौँडामा मिटरब्याजविरुद्ध ६०  उजुरी परेका छन् । सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिने

काठमाडौं । अधिवक्ता युवराज सफल कुटिएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा अधिवक्ता सफलमाथि कुटपिट भएको हो । स्वतन्त्र नागरिक आन्दोलनले

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११