१३ जेष्ठ २०८०, शनिवार

एमालेको अवरोधपछि २० मिनेटका लागि संसद बैठक स्थगित

२०८०,जेष्ठ,१२,शुक्रवार १२:४७

63
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा एमालेले अध्यक्ष समेत रहेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली माथि भ्रष्टाचारको आरोप लगाइएको भन्दै आपत्ति जनाएको छ ।

गत १० जेठमा बसेको बैठकमा माओवादी सांसद लेखनाथ दाहालले ओलीले पशुपतिमा जलहरी लगाउने क्रममा नक्कली जलहरी लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

बैठकको शुरुमा एमाले प्रमुख सचेतक पदम गिरीले सत्तापक्षले नै प्रमुख प्रतिपक्षीमाथि आरोप लगाइएको भन्दै त्यसको छानबिन गर्न माग गरे । साथै पशुपतिको जलहरी सुन वा चाँदी के हो चेकजाँज गर्न समेत माग गरेका छन् ।

समामुखले पटकपटक आशनग्रहण गरेर कारबाहीलाई अघि बढाउन आग्रह गर्दा पनि नमानेपछि २० मिनेटका लागि बैठक स्थगित गरिएको हो ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१२,शुक्रवार १२:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११