१४ आश्विन २०८०, आईतवार

युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ’

२०८०,जेष्ठ,१२,शुक्रवार १२:३७

0
Shares

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् ।

राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भनेका रुसी समाचार एजेन्सीले आरआईएले जनाएको छ । “यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौँसम्म चल्नेछ,” आरआईएले मेदभदेवलाई उद्धृत गर्दै छापेको छ ।

मेदभदेव प्रायः कडा टिप्पणी गर्छन् । गत महिना उनले युक्रेनी अधिकारीहरूलाई ‘सङ्क्रमण’का रूपमा वर्णन गरेका थिए । साथै उनले युक्रेनलाई ‘नाजी राज्य’ भनेका छन् । मस्कोले पनि शब्द दाबी दोहोर्याउँदै आएको छ । गत जनवरीमा उनले रुस पराजित भए आणविक युद्ध शुरु गर्न सक्ने बताएका थिए ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१२,शुक्रवार १२:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रसिद्ध भारतीय गायक कैलाश खेर र उनको ब्यान्ड कैलाशा नेपाल आईपुगेका छन् । असोज १३ गते शनिबार प्रिभे नेपाल

काठमाडौं ।  एचआइभी संक्रमित र त्यसको जोखिम समुदाय संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य र शिक्षाबाटै बञ्चित भएको एक कार्यक्रमका सहभागीहरूले

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण निष्काशनको संशोधित तालिका सार्वजनिक गरेको छ । चालु आर्थिक बर्ष २०८०÷०८१ मा दुई

ललितपुर । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधानप्रति असन्तुष्ट शिक्षकसँग भएका सम्झौता कार्यान्यवमा सरकार पूर्ण

ताजा समाचार

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
 २०८०,आश्विन,१४,आईतवार १८:०८