काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभामा अवरोध खडा गरेको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा उत्तर दिने कार्यसूची रहेको छ ।
बैठकको शुरुमा एमाले प्रमुख सचेतक पदम गिरीले आफ्ना दलका नेतामाथि विभिन्न भ्रष्टाचारको लान्छाना लगाइएको भन्दै सभा सञ्चालन हुन नसक्ने जनाएका छन् ।
गत जेठ १० गते बसेको प्रतिनिधि सभा बैठकमा माओवादीका सांसद राजन दाहालले एमाले अध्यक्ष समेत रहेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिको जलहरी लगाउने क्रममा भ्रष्टाचार गरेको आरोप लगाएका थिए।
सोही विषयमा सत्य तथ्य प्रमाणित नभइ आफूहरु बैठक सञ्चालन हुन नदिने गिरीले बताए ।
त्यस्तै नेपालमा भ्रष्टाचारीको मनोबल गिराउने काम गर्नुपर्ने समेत बताए ।