१३ जेष्ठ २०८०, शनिवार

प्रतिनिधि सभामा आज पनि ढिलासुस्ती : किन समयमा शुरु भएन बैठक ?

२०८०,जेष्ठ,१२,शुक्रवार १२:१२

81
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइए पनि अझै शुरु हुन सकेको छैन ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिँदैछन् ।

पूर्व निर्धारित समय र कार्यसूची हुँदा पनि यसअघि जस्तै प्रतिनिधि सभा बैठक शुरु हुन सकेको छैन ।

संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नीति तथा कार्यक्रमले समग्र विषय समेट्न नसकेको भन्दै आपत्ति जनाएपछि अहिले छलफल जारी रहेको छ । सभामुखको कार्यकक्षमा अहिले एमालेका प्रमुख सचेतक, सचेतकसँग सभामुखको छलफल जारी रहेको एक सांसदले लोकपथलाई जानकारी दिए ।

‘नीति तथा कार्यक्रममाथि एमालेले प्रश्न उठाएपछि अहिले छलफल जारी रहेको छ । जसको कारण प्रतिनिधि सभा बैठक समेत बस्न नसकेको हो ।’ ती सांसदले लोकपथसँग भने ।

यसअघि पनि पूर्व निर्धातिर समय र कार्यसूची हुँदा पनि बैठक समयमा शुरु हुन नसकेको भन्दै आलोचना हुने गरेको थियो ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१२,शुक्रवार १२:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११