१३ जेष्ठ २०८०, शनिवार

के कांग्रेस फुट्दैछ ? (भिडियो अन्तर्वार्ता)

२०८०,जेष्ठ,१२,शुक्रवार ११:२३

54
Shares

काठमाडाैं । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली कांग्रेसको भविष्य अध्यारो सुरुङभित्र प्रवेश गर्दै गरेको विश्लेषण गरेका छन् । लोकपथसँग भिडियो कुराकानीका क्रममा आचार्यले कांग्रेसको आगामी भविष्यका बारेमा विश्लेषण यस्तो विश्लेषण गरेका हुन् ।

उनले कांग्रेसको यो हबिगत हुनुमा मूख्य कारक शेरबहादुर देउवा भएको समेत दाबी गरेका छन् । ‘शेरबहादुर देउवाले कांग्रेस पार्टीलाई चलाउन सक्दैनन्,’ उनले भने, ‘शेरबहादुर देउवा जुन दिनसम्म कांग्रेस सभापतिको कुर्सीमा बस्छन् त्यसले कांग्रेसलाई नै घाटा गर्छ ।’

उसो त आचार्यले यदि कांग्रेसलाई सपार्ने हो भने देउवा र उनको टीमलाई किक हान्नुपर्ने बताउँछन् । ‘देउवामात्र होइन उनको टिमलाई नै किक हान्नुपर्छ,’ उनले भनेका छन्, ‘अनिमात्र कांग्रेस सप्रिन्छ ।’

यतिबेला नेपाली कांग्रेसभित्र रुपान्तरणको आवाज गुञ्जायस भइरहेको छ । तर, बोलेरमात्र रुपान्तरण नहुने उनको भनाई छ । ‘रुपान्तरण भनेको के हो?,’ आचार्य प्रतिप्रश्न गर्छन्, ‘यो अवस्थामा कांग्रेस रुपान्तरण हुने छाँटकाँट म त देख्दिन, यदि रुपान्तरण भयो भने ९० प्रतिशत कांग्रेसीले साथ दिन्छन् ।’

कुराकानीका क्रममा लामो समय नेपाली कांग्रेस भित्रको राजनीतिलाई विश्लेषण गरेका आचार्यले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र विद्रोह गर्न ढिलो भएकासमेत बताएका छन् । ‘अहिले एउटा महामन्त्री अत्ति भयो भनिरहेका छन् अर्को महामन्त्री राजीनामा दिन्छु भनिरहेका छन्,’ उनले भने, ‘उनीहरुले राजीनामा दिन र अत्ति भयो भन्नका लागि महामन्त्रीमा मत पाएका होइनन्, नेतृत्वसँग संघर्ष गर्नका लागि पाएको म त हो ।’

प्रस्तुत छ, विश्लेषक आचार्यसँग लोकपथकर्मी महेश तिमल्सिनाले गरेको भिडियो कुराकानी :

प्रकाशित मिति: २०८०,जेष्ठ,१२,शुक्रवार ११:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११